तालेवानको आक्रमणमा १६ अफ्गान प्रहरी मारिए

काठमाडौं

    असार ८, २०७५

    अफगानिस्तानको पश्चिमी बादघीस प्रान्तमा तालेवानको आक्रमणमा परि १६ अफगान प्रहरीसहित १८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा दुई सर्वसाधारण हुन् ।

    ईश्लामिक पर्व इदका समयमा सरकारसँग ३ दिनका लागि युद्धविराम गरेको तालेवानले आक्रमण सुरु गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    गत आईतबार रातीदेखिबाटै आफ्ना कार्यकर्तालाई हतियार उठाउन निर्देशन दिएको तालेवानले गत बुधबार ३० जना अफगानी सेनाको हत्या गरि बादघीसस्थित सैन्य शिविर कब्जा गरेको थियो ।

    काबुलका एक वरिष्ठ सुरक्षा अधिकारीले बादघीसस्थित ८ वटा चेकपोस्ट कब्जा गर्ने प्रयास जारी रहेको बताउनुभएको छ । 

    प्रकाशित:असार ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्