दमकको बजेट १ अर्ब २२ करोड

- अर्जुन राजवंशी, दमक

    असार ९, २०७५

    झापाको दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ को लागि एक अर्ब २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँको बजेट निर्धारण गरेको छ । आज बसेको तेस्रो नगर सभामा मेयर रोमनाथ ओलीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ्ग र नगरपालिकाको आन्तरिक आयको प्रक्षेपणका आधारमा उक्त बजेट निर्धारण गरेको बताउनुभयो ।

    आगामी वर्षका लागि आन्तरिक राजश्वबाट १५ करोड ६४ लाख ८६ हजार, राजश्व बाँडफाँडबाट १० करोड १० लाख ८१ हजार, बेरुजु असूलीबाट १८ लाख ८ हजार, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानका लागि २१ करोड ३१ लाख १४ हजार, सशर्त अनुदानबाट २८ करोड ३२ लाख, सामाजिक सुरक्षा भत्ता ११ करोड, सडक बोर्ड नेपालबाट एक करोड, अन्य विशेष अनुदान ३ करोड ४० लाख, लागत सहभागीताबाट ७ करोड, वित्तीय व्यवस्थापन अन्तर्गत नगर विकास कोषबाट ऋण लिने १५ करोड र गत वर्षको मौज्दात १० करोड रहेको नगर सभामा बजेट सार्वजनिक गर्दै उपमेयर गीता अधिकारीले बताउनुभयो । 

    बजेटमा प्रशासनिक खर्च ७ करोड ९६ लाख ८४ हजार, सामाजिक सुरक्षा कार्यक्रम खर्च १२ करोड ५ लाख, कार्यक्रम खर्च ३४ करोड १९ लाख ५२ हजार र विकास खर्च ६८ करोड १९ लाख ५३ हजार १ सय १५ रहेको उपमेयर अधिकारीले बताउनुभयो । निर्धारित बजेट सीमाभित्र रहेर जनसंख्यालाई ५० प्रतिशत, क्षेत्रफललाई ३५ प्रतिशत र गरिबीको अवस्थालाई १५ प्रतिशत अंकभार दिई प्रत्येक वडाको वडागत सिलिङ्ग तयार गरिएको मेयर ओलीले बताउनुभयो । 

     

    प्रकाशित:असार ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्