ईथियोपियाका प्रधानमन्त्री सहभागी र्‍यालीमा विष्फोट

बीबीसी

    असार ९, २०७५

    ईथियोपियाका नवनियुक्त प्रधानमन्त्री अबाई अहमेद सहभागी र्‍यालीमा भएको विष्फोटमा परि ८३ सर्वसाधारण घाईते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर छ । प्रधानमन्त्री अहमेद हजारौं जनताका साथ र्‍यालीमा सहभागी भएका बेला सो विष्फोट भएको हो । ईथियोपियाको शहर मेस्केल स्वायरमा सम्बोधनका लागि उहाँ र्‍यालीमा सहभागी हुनुभएको थियो ।

    विष्फोटको निन्दा गर्दै प्रधानमन्त्री अहमेदले घटनालाई इथियोपिया एकतामा बाँधिएको हेर्न नचाहने विरोधी शक्तिको असफल प्रयासको रुपमा व्याख्या गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । 

    पूर्व प्रधानमन्त्री ह्यालिमारियम देसालेगनले गत फ्रेबु्रअरीमा राजीनामा दिएपछि अहमेद त्यहाँको आदीवासी  आरोमो समुदायबाट पहिलो प्रधानमन्त्रीका रुपमा चुनिनुभएको थियो ।

    ईथियोपियाका सिमान्तकृत समुदायले वर्षौदेखि सत्तापक्षको विरोध गर्दै आएका छन् । ३ वर्षको अन्तरालमा इथियोपियामा सरकार विरोधी प्रदर्शनका क्रममा सयौं मानिसको ज्यान गईसकेको छ ।  

    प्रकाशित:असार ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्