जर्मनीको संघर्षपूर्ण जित

एजेन्सी

    असार १०, २०७५

    विश्वकप फुटबलका पछिल्ला खेलमा जर्मनी, मेक्सिको र बेल्जियम बिजयी भएका छन् । स्वीडेनलाई २-१ गोल अन्तरले हराउँदै डिफेण्डिङ च्याम्पियन जर्मनीले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको हो । १-० ले पछि परेको अवस्था उल्टाउदै जर्मनीले सनसनीपुर्ण जित हात पारेको हो ।

    ३२ औं मिनेटमा ओला तोईभोनेनको गोल मार्फत स्वीडेनले अग्रता बनाएको थियो । पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा भने लय समायो । ४८ औं मिनेटमा मार्को रुजले बराबरी गोल गरे । ८२ औं मिनेटमा डिफेण्डर बोटिएङ दोहोरो पँहेलो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडिमा सीमित जर्मनीले इन्ज्युरी समयमा अर्को गोल थपेको थियो ।

    टोनी क्रुसले ईन्जुरी समयमा गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाएका हुन् । ७६ प्रतिशत खेल आफुनो नियन्त्रणमा राखेपनि विजयी गोल गर्न भने जर्मनीले इन्ज्युरि समयको पांचौ मिनेटसम्म कुर्न परेको थियो । यो जितसंगै जर्मनी ३ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

    जर्मनीको जितसँगै समुह एफको समीकरण समेत रोमाञ्चक बनेको छ । ६ अंक भएको मेक्सिको, समान ३–३ अंक भएका जर्मनी र स्वीडेन तथा  अंक बिहीन साउथ कोरियाको अन्तिम खेलबाट प्रिक्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ । 

    गएराती नै मेक्सिकोले साउथ कोरियालाई २-१ ले स्तब्ध पार्यो । यो जितले मेक्सिकोलाई  प्रिक्बाटरफाईनल नजिक पुर्‍याएको छ । लगातार दोस्रो जित हात पारेको मेक्सिको ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको २६ औं मिनेटमा कार्लोस भेलाको गोल मार्फत अग्रता बनाएको मेक्सिकोले ६६ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

    दोस्रो गोल जाभियर हर्नान्डेजले गरे । ईन्युरी समयमा सन ह्याङ मिनले एक गोल फर्काएपनि अंक खोस्न पर्याप्त भएन् । साउथ कोरियाले पाएका आधा दर्जन अबसरको सदुपयोग गर्न नसक्दा हार ब्योहार्न बाध्य भयो । जारी बिश्वकपमा उपाधिको दाबेदारी प्रस्तुत गरेको मेक्सिकोले अधिकांश समय साउथ कोरियामाथि दबाब बनाएको थियो । पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिकोले समुहचरणको आफ्नो अन्तिम खेलमा स्विडनेसंग खेल्न बाँकि छ । 

    समुह जी अन्तर्गत हिजै भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५-२ गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा ३-१ को अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा १ गोल खादै २ गोल थपेको थियो । ईडेन हाजार्ड र रोमेलु लुकाकुले २/२ तथा बाट्सुयायीले १ गोल गरे । यो जितसंगै बेल्जियम अन्तिम १६ नजिक पुगेको छ । 

    प्रकाशित:असार १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्