सहकार्य बृद्धिका लागि बेईजिङ भ्रमण फलदायी : प्रधानमन्त्री ओली

काठमाडौं

    असार १०, २०७५

    प्रधानमन्त्री केपि ओलीले चीनसँगको सहकार्य बृद्धिमा बेईजिङ भ्रमण अत्यन्तै सफल भएको दावी गर्नुभएको छ । चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज बिहान काठमाडौं फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणले आपीसी सहकार्यका लागि उत्कृष्ट वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो । 

    चीनसँगको सहकार्यमा छेन्दुमा महावाणिज्यु दुतावास खोल्ने नेपाल सरकारको प्रस्ताव प्रति चीन सकारात्मक रहेको बताउदै प्रधानमन्त्री ओलीले अघिल्लो भ्रमणमा भएका सहमती कार्यान्वयका लागि बेईजिङ्ग प्रतिवद्ध देखिएको जानकारी दिनुभयो । 

    चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट दुई देशबीच मित्रता आपसी विश्वास एवं समझदारीमा अभिवृद्धि हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनुभयो । 

    भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतसँग प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । 

    केरुङ्ग काठमाडौं रेलवे कनेक्टिभिटि सहकार्य, नेपालले कार्गाै यातायताका लागि तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायतका ९ समझदारी भएको छ । प्रधानमन्त्री ओली सँग चिनिया पक्षले नेपालको पूर्वाधार विकासका क्षेत्रमा सघाउने तथा लगानी भित्राउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतीक पूर्वाधार मन्त्री रघुवीर महासेठ बेईजिङ्ग जानुभएको थियो । 

    राजनीतिक सम्वन्ध थप सुदृढ हुन गएकोस रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटन जस्ता विषयहरुमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको तथा सहयोगको दायरा फराकिलो भएको मन्त्री ज्ञवालीको दावी छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको वक्ततब्य वाचन गर्दै उहाँले भन्नुभयो, खासगरी दुबै देशबिच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटिको लागि सहयोग सम्बन्धी समझदारीपत्र एक महत्वपूर्ण दस्तावेज रहेको छ।यसबाट दुई मुलुकबिच आगामी दिनमा सिमावारपार कनेक्टिभिटि बढाउन मार्ग प्रशस्त भएको छ ।

    यसैगरी दुबै मुलुकबिच र प्राज्ञिक र व्यापारिक समुदायसागको अन्तरक्रिया र छलफलबाट जनस्तरको सम्वन्धको आधारशीला थप मजवुत भएको छ।त्यसैले, मैले चीन भ्रमणमा जानु अघि जसरी यहााहरुलाई भ्रमणको उद्देश्य बारेमा विभिन्न संचार माध्यमबाट अवगत गराएको थिएं त्यो भन्दा बढी उपलब्धि मेरो भ्रमणबाट हासिल भएको मेरो विश्वास छ । 

    प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ, संघीय संरचना अनुसार तीनै तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकले प्राप्त गरेको राजनीतिक स्थिरताको जगमा ’समृद्ध नेपाल सुखी नेपाली’ को अभियानलाई सफल बनाउने दिशामा सरकार प्रतिवद्ध रहेको छ । सरकार मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय हित र स्वाभिमानको अभिवृद्धि गर्दै तीव्रतर आर्थिक समुन्नतिका लागि आन्तरिक तथा वाह्य श्रोत र साधनको अधिकतम परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अगाडि बढिरहेको छ । 

    यस क्रममा छिमेकी मुलुकहरुको सद्भाव तथा सहयोग र उनीहरुसाग सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा मैले छिमेकी मित्रराष्ट्रहरुको भ्रमण गरेको छु । पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा छिमेकीहरुसँगको सम्वन्ध एवं द्विपक्षीय सहयोगलाई अगाडि बढाउने सरकारको घोषित नीति बारे यहाहरु सबैलाई जानकारी नै छ ।

    नेपालको विकास हामी आफैले गर्ने हो। अब हामीले आर्थिक समृद्धिका लागि हाम्रा मित्रराष्ट्रहरुसाग भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ । त्यसतर्फ हामीले चाल्ने कदमबाट नै मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको सर्वतोमुखी प्रगति सुनिश्चित हुन्छ भन्ने मेरो विश्वास छ ।  

     

    प्रकाशित:असार १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्