कानूनहरू बनेपछि संघीयताको प्रष्ट कार्यान्वयन : सभामुख

- रमेश कुमार पौडेल, चितवन

    असार १०, २०७५

    प्रतिनिधि सभामुख कृष्णबहादुर महराले नयाँ कानूनहरू बनेर संघीय, प्रान्त र स्थानीय तहका अधिकारहरू निर्कौल भएसँगै संघीयताको प्रष्ट कार्यान्वयन हुने बताउनु भएको छ । आइतबार भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दा सभामुख महराले संघीयताका विषयमा धेरै कुरा बुझ्न अझ बाँकी नै रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ’जातीय क्षेत्रीय स्वायत्तता कायम हुनु मात्रै पनि संघीयता हैन । केन्द्रमा रहेका स्रोतहरूलाई तल जनतासम्म लैजाने परिपाटी संघीयतामा हुनुपर्छ । कानूनले यसलाई निर्देशित गर्नुपर्छ, ।’ 

    कतिपयलाई संघीयता मनै नपरेको हुँदा संघीयता पक्षधरहरू सफल कार्यन्वनका लागि एकजुट भइरहनु पर्ने उहाँले बताउनुभयो । 

     

    प्रकाशित:असार १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्