असार १०, २०७५
कायम मुकायम प्रधानन्यायधीश दीपक राज जोशीले कर्मचारी अभावमा न्याय सम्पादनमा समस्या भएको बताउनु भएको छ । जिल्ला अदालत गोरखाको निरीक्षण पछि पत्रकारसँग कायम मुकायम प्रधानन्यायधीश जोशीले २०६२ साल यता कर्मचारी पदपूर्ति हुन नसक्दा कार्य सम्पादनमा समस्या भएको बताउनुभयो । आफ्नो कार्यकालमा अब्यवस्थित रहेको पञ्चवर्षीय योजनालाई ब्यवस्थित बनाइने उहाँले बताउनुभयो ।
हिजो गोरखा पुगेका कायम मुकायम प्रधानन्यायधीश जोशीले निर्माण शुन हुन लागेको अदालत भवनको निरीक्षण गर्दै अदालतको काम कारवाहीको बारेमा जिल्ला न्यायाधीश बसन्तराज पौडेलसँग जानकारी लिनु भएको थियो ।
अदालतको पूरानो भवन भत्काएर नयाँ भवनको जग निर्माणको काम शुरु भएको इकाइकी प्रमुख सुनिता श्रेष्ठले बताउनुभयो । १६ करोडको लागतमा ६ तले जिल्ला अदालको भवन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
२०७२ वैशाख १२ को भूकम्पले अदालतको पूरानो भवनमा क्षति पुर्याएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत नयाँ भवन निर्माण शुरु भएको छ ।
कायम मुकायम प्रधानन्यायधीश जोशीले आज बिहान गोरखकाली मन्दिरमा विशेष पूजा समेत गर्नुभयो । प्रधानन्यायधीशमा सिफारीस हुन पूर्व पनि जोशी गोरखाकाली मन्दिरको पूजाका लागि गोरखा पुगेका थिए ।
प्रकाशित:असार १०, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्