बालाजु क्षेत्रमा दिन भर विजुली काटिने

काठमाडौं

    असार २२, २०७५

    नेपाल विद्युत प्राधिकरणले आज दिनभर काठमाडौंको बालाजु क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ ।

    वितरण प्रणालीको नियमति मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म बोहोरोटार, बालाजु औद्योगिक क्षेत्र र बालाजु क्षेत्रमा विद्युत कटौती गर्ने भएको हो ।

    प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।  

     

    प्रकाशित:असार २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्