रोपाइँमा किसानलाई युवाको श्रमदान

- राजेन्द्र मानन्धर, दोलखा

    असार २३, २०७५

    कृषि उत्पादनलाई बढवा दिन कार्यकर्तालाई श्रमदान गर्न निर्देशन दिएपछि दोलखाका नेकपाका युवाहरु किसानका खेतमा पुग्न थालेका छन् । दोलखा जिल्लाका युवा संघ र वाइसीएल युवा कम्युनिष्ट कार्यकर्ता शनिबार दिनभर किसानका खेतमा पुगेर रापाइँमा भाग लिए । कसैले जोते, कसैले आली बनाए, कसैले बीउ रोपे, त कसैले अन्य कुरामा सघाए । 

    ‘समृद्धिका लागि कृषिमा आत्मनिर्भरता’ नारालाई सार्थक बनाउन करीब डेढ सय युवा भीमेश्वर नगरपालिका— ४ जिलुको समेरेबेसीमा एकमुरी धानको बीउ रोपिसके ।

    खाद्यन्नमा दोलखा सदरमुकाम चरिकोटवासीलाई योगदान गर्दै उर्वर जिलुका खेत बाँझो नबसुन भन्ने सन्देशका साथ रोपाइँमा सहभागी भएको युवा संघका दोलखाका अध्यक्ष महाराज गुरुङले बताउनुभयो । 

    दोलखाभरी ५० प्रतिशत बढी रोपाइँ सकिएको छ । धान हुने जमिनमा शतप्रतिशत रोपाइँ गर्न किसानलाई अभिप्रेरित गर्न युवा समूह अन्य खेतमा पनि पुग्ने योजना बनाइरहेको उनले बताए । धानको उत्पादनमा उल्लेख्य किसानमा गनिने सनकबहादुर श्रेष्ठले आफ्नो खेत श्रमदानबाट रोपिएकामा खुसी व्यक्त गरे ।

    युवाहरुको अनुकरणीय कार्यमा पूर्व एमाले जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल र माओवादी नेता शंकर लामाले सहभागिता जनाएका थिए । 

    प्रकाशित:असार २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्