गुफामा फसेका बालकको उद्धार जारी

एजेन्सी

    असार २५, २०७५

    थाईल्याण्डको एक गुफामा फसिरहेका ८ बालक र तीनका फुटवल प्रशिक्षकको उद्धार पुन: शुरु गरिएको छ । ४ बालकको भने हिजै उद्धार गरिएको थियो । बाढीयुक्त गुफामा उच्च जोखिम सहित उद्धार शुरु भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

    राति देखि रोकिएको उद्धार आज विहानैबाट शुरु भएको हो । गुफा भित्र पानी आउने क्रम जारी रहेकाले उद्धारमा भने जोखिम कायमै छ । बीबीसीले भनेको छ, उद्धार कर्ताहरु खतरनाक कार्यका लागि अघी बढ्ने निर्णय गरेका छन् किनकी पानी पर्ने क्रम वढीरहेको छ । आज विहान सम्म सवै जनाको उद्धार गरि सक्ने लक्ष्य राखिएको छ । 

    २ साता भन्दा वढी समयदेखि गुफामा फसिरहेका उनिहरुको जिवनलाई सामान्य अवस्थामा फर्काउन भने समस्या हुने बाल चिकित्सकले बताएका छन् । 

     

    प्रकाशित:असार २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्