संसदमा सत्तापक्षकै सांसदको सामना गर्दै बेलायतकी प्रधानमन्त्री मे

एजेन्सी

    असार २५, २०७५

    ब्रेक्जिटलाई लिएर बेलायती संसदमा पक्षबिपक्षमा बहस जारी रहँदा बेक्जिटका सचिव डेभिड डेभिसले पदबाट राजीनामा दिनुभएको छ ।

    वेलायती प्रधानमन्त्री टेरेजे मे नेतृत्वको मन्त्रीपरिषदले युरोपेली युनियनबाट वर्हिगमनको प्रक्रिया व्रेक्जिटपछि इयूसँगको भावी सम्वन्धबारे औपचारिक धारणा सार्वजनिक गरे लगत्तै डेभिसले पदबाट राजीनामा दिनुभएको हो । इयूबाट वेलायत वाहिरिने प्रक्रियाको सहजिकरणका लागि टेरेजा मे सरकारले डेभिसलाई २ वर्षअघि नियुक्त गरेको थियो । 

    ब्रेक्जिट सम्वन्धमा औपचारिक धारणा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री मेले आज संसदमा विपक्षीको सामान गर्नुपर्ने बीबीसीले जनाएको छ । राजीनामा वुझाए लगत्तै सचिव डेभिसले प्रधानमन्त्री टेरेजा मेलाई भन्नुभयो, सरकारको नीति र रणनीतिको बर्तमान अवस्थालाई हेर्दा बेलायतले भन्सार संघ र एकल बजारलाई छाड्ने सम्भावना ज्यादै कम थियो ।

    यसअघि नयाँ ब्रेक्जिट डिलमा आगामी २९ मार्च २०१९ मा ब्रिटेनले युरोपेली संघ छाड्ने, स्वतन्त्र आवागमन अन्त्य हुने र ब्रिटेनले आफ्नो सीमाको नियन्त्रण फेरि आफैंसँग राख्ने उल्लेख छ । बेलायतले इयूलाई यस अघिको जत्तिकै प्रत्येक वर्ष भारी रकम नपठाउने, व्यवसायीमैत्री नयाँ भन्सार प्रणाली लागू गरिने एवं बेलायत र इयूबीच :वतन्त्र व्यापार क्षेत्र स्थापना गरिने नीतिमा उल्लेख छ । 

     

    प्रकाशित:असार २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्