मृत्युदण्डविरुद्ध बलात्कारका दोषीको अपिल भारतको सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं

    असार २५, २०७५

    भारतको दिल्लीमा सन् २०१२ मा भएको सामुहीक बलात्कारका दोषीले मृत्य्ुदण्डको सजायविरुद्ध गरेको पुनरावेदन सर्वोच्च अदालतले खारेज गरेको छ । दिल्लीमा सन् २०१२ मा एक विद्यार्थीको बलात्कारपछि हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहले त्यसविरुद्ध सर्वोच्चमा अपिल गरेका थिए ।

    दिल्लीको उच्च अदालतले दिएको मृत्युदण्डको फैसलालाई सर्वोच्च अदालतले समेत सदर गरेको हो । उनीहरुविरुद्ध सन् २०१७ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । मृत्युदण्डको सजाय सुनाइएका अक्षय ठाकुरले भने अपिल गरेका थिएनन् ।

    सन् २०१२ को डिसेम्बरमा फिजियोथेरापीकी २३ बर्षीया विद्यार्थीको घर फर्कने क्रममा बसमै सामुहीक बलात्कार भएको थियो । गम्भिर घाइते अवस्थामा फेला परेकी उनको सिंगापुरस्थित अस्पतालमा उपाचारका क्रममा मृत्यु भएको थियो ।

    उनको बलात्कार र मृत्युपछि भारतभर प्रदर्शन भएको थियो । चर्को दबाबपछि भारत सरकारले बलात्कारविरुद्ध नयाँ कानून ल्याएको थियो । 

     

    प्रकाशित:असार २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्