गुफामा फसेका थप ४ जनाको उद्धार

काठमाडौं

    असार २५, २०७५

    थाईल्याण्डको एक गुफामा फसेकामध्ये थप ४ जनाको आज उद्धार गरिएको छ । योसँगै उद्धार गरिएका बालकको संख्या ८ पुगेको छ । पहिलो दिन हिजो ४ बालकको उद्धार गरिएको थियो । उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको बताइएको छ ।

    अन्यको उद्धारकार्य जारी रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । सो गुफामा १२ बालक र उनीहरुका फुटवल प्रशिक्षक जुन २३ देखि फसेका थिए । उद्धारका ५० बिदेशीसहित ९० जना उद्धारकर्मी परिचालन गरिएको छ ।

    उनीहरुले फसेकालाई अध्यारो र साँघुरो गुफाबाट बाहिर ल्याउन मार्गनिर्देश गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।  

     

    प्रकाशित:असार २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्