बाँकी ५ जनाको उद्दार तयारी

एजेन्सी

    असार २६, २०७५

    थाईल्याण्डको एक गुफामा फसेका १३ मध्ये उद्धार गर्न बाँकी ५ जनाको आज उद्दार गर्ने तयारी भईरहेको छ । थाई नौ सेनाका गोताखोर सहितको टोलीले गुफामा फसेका फुटवल प्रशिक्षक सहित १३ मध्ये ८ बालकको उद्दार गरिसकेको छ ।

    उद्दार गरिएकाको उपचार भईरहेकाले परिवारको सम्पर्कमा नल्याएको बीबीसीले उल्लेख गरेको छ । थेम लुगांग गुफामा उद्दारको पर्खाईमा रहेका ४ बालक र प्रशिक्षकलाई निकाल्ने तयारी भइरहेको थाई नौ सेनाले आफ्नो फेसबुक अकाउण्टमा उल्लेख गरेको छ । २३ जुन देखी फसिरहेका बालकहरुलाई स्कुबा डाईभको प्रारम्भीक तालिम दिएर उद्दार गरिएको हो ।

    घुम्नका लागि पुगेका उनीहरु वर्षाका कारण गुफामा पानी जम्मा भएपछि भित्रै फसेका थिए ।   

     

    प्रकाशित:असार २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्