गुफामा फसेका सबै १३ जनाको उद्धार

काठमाडौं

    असार २६, २०७५

    थाईल्याण्डस्थित गुफामा फसेको सबै १३ जनाको सकुशल उद्धार गरिएको छ । आज थप ४ बालक र उनीहरुका फुटवल प्रशिक्षकको उद्धार गरिएको हो । यसअघि हिजो ४ र अस्ती आईतबार ४ बालकको उद्धार गरिएको थियो ।

    उद्धार गरिएका सबै जनालाई अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । यही जुन २३ गते गुफामा फसेका उनीहरुको विज्ञ उद्धारकर्मीको सहायतामा उद्धार गरिएको हो ।

    एक चिकित्सक र तीन जना उद्धारकर्मी अझै गुफाभित्रै रहेको बीबीसीले उल्लेख गरेको छ । गुफाभित्र बाढी पसेपछि १२ बालक र उनीहरुका प्रशिक्षक २ साता बढी समयसम्म फसेका थिए ।  

     

    प्रकाशित:असार २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्