अफगानिस्तानको जलालवादमा आत्मघाती बम आक्रमण हुँदा १० जनाको मृत्यु

एजेन्सी

    असार २६, २०७५

    – अफगानिस्तानको जलालावादमा आत्मघाती आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । १० जना घाईते छन् । जलालावादस्थित एक पेट्रोल पम्पनजिकै भएको आत्मघाती आक्रमणमा मारिनेहरु अधिकांश बालबालिका रहेको प्रान्तिय सरकारका प्रतिनीधि सोहरेव क्वादेरीलाई उद्दृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

    घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।  आक्रमण पेट्रोल पम्पनजिकै भएकाले भिषण आगलागि समेत भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । 

     

    प्रकाशित:असार २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्