धितोपत्र बजार सामान्य अंकले घट्यो

काठमाडौं

    असार २७, २०७५

    शेयर बजार कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से आज शुन्य दशमलव २९ अंकले घटेर १ हजार २ सय ५ दशमलव ६४ अंकले घटेको हो । नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने हिजोको तुलनामा १८ करोड रुपैयाँले वृद्धि भएको छ ।

    आज कारोबार भएका ९ कम्पनी समूह मध्ये तीन कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ भने, बाँकी ६ कम्पनी समूहको उपसूचकमा सामान्य अंकले सुधार आएको छ । होटल समूहको उपसूचक ८६ दशमलव ४२ अंकले घटेको छ भने, लघुवित्त कम्पनी समूहको उपसूचक २८ दशमलव ४५ अंकले बढेको छ ।

    नेप्सेमा आज १ सय ७१ कम्पनीका ४ हजार ७ सय ८३ कारोबारबाट १२ लाख ६७ हजार ५ सय ३१ कित्ता शेयर किनबेच भए । जसअन्र्तगत, ४७ करोड ९५ लाख १४ हजार २ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    प्रकाशित:असार २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्