पाकिस्तानमा आत्मघाती बम आक्रमण, १३ को मृत्यु

    असार २७, २०७५

    - पाकिस्तानको पेशावरमा आत्मघाती बम आक्रमण हुँदा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य ४७ जना घाइते भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

    याकतुत क्षेत्रमा आयोजित एउटा चुनावी बैठकमा एनएपीका नेता हारुन बिलौरले कार्यकर्तासँग भेट गरिरहेका समय आत्मघाती आक्रमण भएको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  आक्रमण चुनावी कार्यक्रम लक्षित भएको अनुमान गरेपनि कसले गराएको पुष्टि भएको छैन ।

      आक्रमणमा गम्भीर घाइते भएका नेता बिलौरको उपचारको क्रममा मृत्यु भएको हो ।  यसअघि पनि सन् २०१२ मा बिलौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि पेशावरमै पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा परि मारिएका थिए  ।  पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुँदैछ । निर्वाचन नजिकिदै  जाँदा  हिंसात्मक आक्रमण समेत बढेका हुन् । 

    प्रकाशित:असार २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्