सिण्डिकेट फर्काउने कुरा अब सम्भव छैन : गृहमन्त्री

काठमाडौं

    असार २७, २०७५

    - गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको सिण्डिकेट नफर्किने दावी गर्नुभएको छ । अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै गृहमन्त्री थापाले सो सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

    राजधानीमा आज एक कार्यक्रममा गृहमन्त्री थापाले भन्नुभयो, ‘अहिलेपनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको छ । यसबारे सरकार सचेत छ ।’

    यातायात मात्रै नभई कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको भनाई छ ।

     

    प्रकाशित:असार २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्