उपत्यकाका तीनै जिल्लामा दिनभर टिपर चलाउन प्रतिबन्ध

काठमाडौं

    असार २७, २०७५

    - टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा उपत्यकाका तीनवटै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गृहमन्त्रालयले राति ८ बजेदेखि बिहान ७ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ ।

    गृहले सो व्यवस्था कडा रुपमा कार्यान्वयन गर्न र अनुगमन गर्न समेत निर्देशन दिएको छ । निर्देशन कार्यान्वयसँगै टिपरबाट हुने दुर्घटनामा कमी आउने दावी गृहको छ । यसअघि राजधानीको जडिबुटीमा हिजो मात्रै टिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका एक युवकको मृत्यु र एक घाइते भएका थिए । 

    सोही स्थानमा गत जेठ ३० गते पनि टिपरको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको थियो । महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार चालु आर्थीक वर्षको जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ । 

    प्रकाशित:असार २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्