रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, दुई घाइते

- घनश्याम गौतम, रुपन्देही

    असार २७, २०७५

    रुपन्देहीमा आज भएका दुई छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गैडहवा गाउँपालिका ३ लुम्बिनीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो । यस्तै, सियारी गाउँपालिका २ मा पौडी खेल्ने क्रममा डुबेर अर्का एक जनाको मृत्यु भएको हो । 

    प्रहरीका अनुसार गैडहवामा ना ४२ प ८४१२ नम्बरको मोटरसाइकल र बा १९ च ४२१ नम्बरको कार ठोक्किंदा गैडहवा २ का २६ वर्षीय कायर पासी र सोही स्थानका २७ वर्षीय घिसन पासीको मृत्यु भएको हो । मोटरसाईकलमा सवार दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो । 

    दुर्घटनामा गैडहवा २ का २६ वर्षीय छन्नु पासी र ३६ वर्षीय मोहितलाल पासी घाइते भएका छन् । दुबै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । एउटै मोटरसाइकलमा हेल्मेट नलगाई ४ जना सवार रहेका मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएको कार सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस्तै पौडी खेल्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिका २ का १६ वर्षीय सागर बानियाको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका उनको शव मृत अवस्थामा निकालीएको प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताउनुभयो । 

    प्रकाशित:असार २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्