प्रदेश ५ मा मन्त्रालय व्यवस्थापन सम्पन्न

- अमृता अनमोल, बुटवल

    असार २८, २०७५

    प्रदेश ५ मा लामो समयदेखि अल्झीएको मन्त्रालय व्यवस्थापनको कामले पूर्णता पाएको छ । संघका अर्थमन्त्री युवराज खतीवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सघुवीर महासेठ र उद्योग मन्त्री मातृका यादव, नेकपाका महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेलसहितको छलफलले कृषि सहकारी तथा भूमि सुधार मन्त्रालयलाई रुपन्देहीको मणिग्राममा लैजादै अन्य मन्त्रालयलाई भने बुटवलमै व्यवस्थापन गर्ने सहमति जुटाएको हो ।

    सम्भवत: एक साताभित्रै आन्तरीक मामिला तथा कानुन मन्त्रालय रुपन्देही व्यापार संघको भवनमा र कृषि सहकारी तथा भूमि सुधार मन्त्रालय राममणी क्याम्पसमा सर्ने छन् । प्रदेश ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलसहित असार २२ गते काठमाडौंमा बसेको बैठकले बाँकी मन्त्रालयलाई बुटवल मिलनचौकमा रहेको डिभिजन सडक परिषरका कार्यालयहरुलाई तत्काल अन्यत्र पठाएर सोही स्थानमै प्रदेशका मन्त्रालय लैजाने निर्णय गरेको बताउनुभयो । मन्त्री चौधरीका अनुसार यसकालागि यो साताभित्रै संघले सडक डिभिजन परिषरमा रहेको २ सय १२ रोपनी जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ ।

    डिभिजन सडक कार्यालय भित्रको आन्तरिक राजश्व कार्यालयलाई भाडामा घर खोजेर सामाजिक विकास मन्त्रालय राखिने छ । इलाका प्रशाशन कार्यालय र डिभिजन सडक कार्यालयलाई बुटवलकै ढवाहमा सारेर त्यहाँ भौतिक पूर्वाधार विकास मन्त्रालय राखिने छ । हेभी इक्वीपमेन्टलाई दाड.को लमहीमा स्थानान्तरण गरिने छ । यातायात व्यवस्था कार्यालय र लाइसेन्स शाखालाई बुटवल धागो कारखानामा सारिने छ ।

    हाल ५ वटा मन्त्रालय रहेको श्रम कार्यालयको भवनमा मुख्यमन्त्री र आर्थीक मामिला मन्त्रालय मात्र रहनेछन् । प्रदेश अन्तरगत खुल्ने विभागका लागि पश्चिम नेपाल बस व्यवसायी संघ र उद्योग संघको भवनमा लmैजान घर खाली गर्ने प्रक्रिया थालेको मन्त्री चौधरीले बताउनुभयो । 

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्