बस दुर्घटनामा २६ घाइते

- माधव अर्याल, पाल्पा

    असार २८, २०७५

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन । भैरहवाबाट बाग्लुङ आउँदै गरेको लु १ ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका– ८ मा दुघर्टना भएको हो ।

    दुर्घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन । घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट नेपालगञ्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा तीब्र गतिमा रहेको सो बस घुम्तीमा मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ । 

     

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्