डा. केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा

- एलपी देवकोटा , काठमाडौं

    असार २८, २०७५

    चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी १३ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौं ल्याउने तयारी गरेको छ । दैलेखमा रहेको हेलिकोप्टरबाट केसीलाई काठमाडौं ल्याउन लागिएको हो ।

    डा. केसीको स्वास्थ्यस्थिति नाजुक बनेपछि सरकाले हिजो हेलिकप्टर जुम्ला पठाएका थियो । मौसम अनुकुल रहे सो हेलिकप्टर आजै जुम्ला जानेछ । डा. केसीलाई काठमाडौं ल्याउने भनिए पनि लगातारको वर्षाका कारण मौसम अनुकुल छैन । यद्यपी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशन बसिरहेका डा के.सीले आफ्नो माग पुरा नहुँदा सम्म जुम्ला नछाड्ने अडान लिनुभएको छ ।

    डा. केसीको मुटुको चाल तलमाथि भैरहेकाले स्वास्थ्यमा जतिबेला पनि खतरा रहेको उपचारमा संलग्न डा. प्रवीण गिरीले जानकारी दिनुभएको छ । मांसपेशी सुन्निने, रिँगटा लाग्ने, छातीमा दुखाई लगायतका समस्या देखिएको चिकित्सकले जनाएका छन् । स्वास्थ्य जटिल बनेपनि केसीले सामान्य ग्लुकोजबाहेक केही औषधि लिन मान्नु भएको छैन । 

    यसैवीच नेपाल चिकित्सक संघले मुलुकभरका सरकारी अस्पतालमा आजपनि एक घण्टा धर्ना दिँदैछ । कालो पट्टि बाँधेर सेवा गरिरहेका चिकित्सक सहित स्वास्थ्यकमीले हिजो देखी धर्ना दिईरहेका हुन् ।   

     

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्