कार्यसूचीबाट हटाइयो चिकित्सा शिक्षा विधेयक

काठमाडौं

    असार २८, २०७५

    सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक संसदको आजको कार्यसूचीबाट हटाउनु भएको छ ।  चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने भनी सरकारले कार्यसूचीमा राखे पनि अन्तिम समयमा सभामुख महराले हटाउनु भएको हो ।

    संसद्को शून्य र विशेष समय सम्पन्न भए लगत्तै सभामुख महराले आजको कार्यसूचीमा रहेको २ देखि ४ सम्मका कार्यक्रम हटाएको उहाँले संसदलाई जानकारी गराउनुभयो । 

    कार्यसूचीको २ नम्बरमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको निर्णयमाथि नेपाली कांग्रेसका तर्फबाट गगन थापाले दर्ता गराएको विरोधको सूचना रहेको थियो । नेता थापाको सो सूचना निर्णायर्थ पेश गरेपछि मात्र तेस्रो नम्बरमा विधेयक शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसद समक्ष टेबल गर्ने कार्यसूची थियो ।

    यसअघि जारी भएको अध्यादेश अनुरुपको विधेयक ल्याउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गर्दै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ । 

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्