आवासीय डाक्टर पनि आन्दोलनमा

काठमाडौं

    असार २८, २०७५

    जुम्लामा १३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै देशभरका चिकित्सकहरु आन्दोलित छन् । डा. केसीको माग सम्बोधनका लागि भन्दै नेपाल चिकित्सक संघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको दुई दिनपछि आवासीय चिकित्सकले पनि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ ।

    नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले भोलिदेखि इमरजेन्सी बाहेक अन्य शैक्षिक क्रियाकलाप बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारले डा. केसीको माग सम्बोधनका लागि कुनै पहल नगरेकाले बाध्य भएर संघर्षमा उत्रनु परेको एशोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले बताउनुभयो ।

    डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नहुँदा सम्म शैक्षिक क्रियाकलापमा भाग नलिने डा. पाण्डेको भनाई छ । 

    यसैबीच, नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरुले मुलुकभरका स्वास्थ्य संस्थामा आज पनि एक घण्टा धर्ना दिएका छन् । १३ दिनदेखि अनसनरत डा. केसीले अन्य औषधि लिन नमान्दा उहाँको उपचारमा कठिनाई भएको चिकित्सकले बताएका छन् ।

    डा. केसीको छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटुको चाल तल माथि भइरहेको लगायत समस्या देखिएको उपचारमा संलग्न टोलीका चिकित्सक डा. पुजनकुमार रोकायाले बताउनुभयो ।  

     

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्