दक्षिण एशियाली आईटीएफ तेक्वान्दो भोलिदेखि

काठमाडौं

    असार २८, २०७५

    दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोलिदेखि काठमाडौंमा शुरु हुँदै छ । नेपाल आईटीएफ संघको आयोजनामा हुने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

    प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानका खेलाडीहरुले स्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा गर्ने दक्षिण एशियाली आईटीएफ संघका अध्यक्ष डा.राजेन्द्र बलामले जानकारी दिनुभयो ।

    प्रतियोगितााम १५० स्वर्ण, १५० रजत र ३ सय कास्यका लागि ६ सय खेलाडीले प्रतिस्पर्धा प्रतियोगिता संयोजक तथा आईटीएफका अध्यक्ष अन्जन धमलाले जानकारी दिनुभयो । प्रतियोगिता आगामी ३१ गते सम्म सञ्चालन हुनेछ । 

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्