बक्सिङ र टेबुल टेनिसमा कास्की र रुपन्देही च्याम्पियन

काठमाडौं

    असार २८, २०७५

    पश्चिमाञ्चल क्षेत्र स्तरिय बक्सिङ र टेबुल टेनिस प्रतियोगितामा कास्की र रुपन्देही च्याम्पियन बनेका छन् । बक्सिङमा कास्कीले ६ स्वर्ण र १ रजत सहित टिम च्याम्पियन बनेको हो । टेबुल टेनिसमा ४ स्वर्ण र २ रजत सहित रुपन्देही टिम च्याम्पियन बन्यो । 

    बक्सिङ प्रतियोगितामा नवलपरासीले १ स्वर्ण जित्दै दोश्रो र कास्कीले टेबुल टेनिसमा १ रजत र ६ काश्य जित्दै दोश्रो भयो । बक्सिङको आज सम्पन्न फाइनलमा ४९ केजी तौलमा नवलपरासीका सुरज गुरुङले कास्कीका विष्णु गौतमलाई पराजित गरे भने ५२ केजी तौल तर्फ कास्कीका केशर बहादुर नेपालीले नवलपरासीका अमिर गुरुङलाई पराजित गरे ।

    यसै ५६ केजी तौल तर्फ कास्कीका जेनिश गुरुङले बाग्लुङका राजन श्री मगरलाई र ६० केजीमा कास्कीका दिनेश बानियाले नवलपरासीका छबिराज बोहोरालाई फाइनलमा हराए ।

    ६४ केजी तौलमा कास्कीका अमृत गुरुङले कास्कीकै बिकल तिवारीलाई र ६९ केजी तौलमा कास्कीका युबराज श्रेष्ठलाई कास्कीकै सबिन गुरुङलाई पराजित गरे । 

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्