बाढीले बगाएर एक युवकको मृत्यु

- प्रताप विष्ट, हेटौंडा

    असार २८, २०७५

    अविरल वर्षाका कारण मकवानपुरको कर्रा खोलामा आएको बाढीले बगाएर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ८ का ४० वर्षीय लक्ष्मण सापकोटाको कर्रा खोलाको बाढीले बगाएर मृत्यु भएको हो । पाँच दिनदेखि घरबाट निस्केका सापकोटाको शव बिहीवार कर्रा खोलाको पुल नजिक फेला परेको थियो ।

    खोला तर्ने क्रममा बाढीले वगाएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मकवानपुरमा मंगलवार देखि बिहीबार बिहानसम्म वर्षा भएको थियो ।

     

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्