पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि राजदूत सिफारिस

- बासु खड्का, काठमाडौं

    असार ३२, २०७५

    सरकारले भारतका लागि आवासीय र अफगानिस्तान तथा भुटानको लागि गैरआवासीय राजदूतमा निलकण्ठ उप्रेतिको नाम सिफारिस गरेको छ । मलेसियाका लागि आवासीय र इन्डोनेसिया तथा ब्रुनाइका लागि गैरआवासीय राजदूतमा उदयराज पाण्डेको नाम सिफारिस गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो । 

    संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि उहाँहरुको नाम एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ । पाण्डे साउदी अरेबियाको राजदूत भइसक्नुभएको छ ।

    भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय चुनावका लागि फर्केदेखि खाली छ भने मलेसियामा निरञ्जनमा नसिंह बस्न्यात फर्केपछि खाली रहेको छ । न्यूयोर्कको स्थायी प्रतिनिधि र यूएइको राजदूत पनि खाली रहेको छ ।

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्