मापदण्ड बिना नै अनुगमन भन्दै व्यवसायीको आपत्ति

- नगेन्द्र अधिकारी, हेटौंडा

    असार ३२, २०७५

    सुनचाँदी व्यवसायीहरुले बिना कुनै मापदण्ड अनुगमनको नाममा मनोबल गिराउने काम भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सुनचाँदी व्यवसायी महासंघको प्रदेश ३ भेलाको सन्दर्भमा मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन बुझाउँदै महासंघले आवश्यक ऐन, नियमावली, निर्देशिका, कार्यविधि बनाइदिन अनुरोध गरेको छ ।

    अनुगमनका नाममा व्यवसायीका गरगहना उठाउने, मनोबल गिराउने काम भएको भन्दै महासंघले मापदण्ड र उच्च प्रविधियुक्त संयन्त्र र जनशक्ति तयार गरेर मात्रै अनुगमन गर्न माग गरेको छ ।

    महासंघले वाणिज्य बैंक मार्फत मात्रै सुन खरिद गर्ने नियमका कारण प्रतिस्पर्धा नभएको भन्दै निजी कम्पनी/फर्म मार्फत पनि खरिद गर्ने व्यवस्था मिलाउन र परिणात्मक बन्देज हटाउन माग गरेको छ ।

    जवाफमा मुख्यमन्त्री डोरमणि पौडेलले सरकार आफै अन्यौलमा भएको भन्दै आवश्यक कानूनहरु क्रमश बनाउँदै जाने बताउनुभयो ।

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्