ढुङ्गाले लागेर एक महिलाको मृत्यु

- मनोज बडू, दार्चुला

    असार ३२, २०७५

    दार्चुलाको मालिकार्जुन गाउँपालिकामा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका २ भगवतीमा घास काट्न गएकी ४२ वर्षीय जानकी धामीको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्तक धामीको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शव आफन्तलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्तक धामीको घरमा श्रीमान, दुई छोरी र तीन छोरा रहेको परिवारिक स्रोतले जनाएको छ । 

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्