टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागु

काठमाडौं

    श्रावण १, २०७५

    - काठमाडौं उपत्यकामा आजदेखि टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागु भएको छ । नयाँ व्यवस्था अनुसार भक्तपुरको साँगादेखि काठमाडौंको कोटेश्वरसम्मको करिब १५ किलोमिटर दुरी कम्तीमा ५१ मिनेटपछि पार गर्नुपर्नेछ । 

    यसका लागि प्रहरीले सवारी नम्बर सहितको टाईम कार्डको व्यवस्था गरेको छ । कार्डमा छुटेको समय, पुग्ने स्थान र ट्राफिक प्रहरी कार्यालयको छाप हुनेछ । मालवाहक गाडीले प्रतिघण्टा ४० किलोमिटरमात्र गुड्न पाउनेछन् । महाशाखा प्रमुख वसन्तकुमार पन्तका अनुसार २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म यो सडकमा टिपरको ठक्करबाट ९ जनाको मृत्यु भएको छ । टाईमकार्ड अनुसार साँगा– जगाती २० मिनेट, जगाती ठिमि १७ मिनेट र ठिमि कोटेश्वर १४ मिनेटमा पुग्नुपर्नेछ ।

    दिउँसो १२ बजे देखी ३ बजे सम्म र राति ८ देखि १० बजे सम्म टाईम कार्ड लागु गर्ने महाशाखाले जनाएको छ । टिपर, मालबाहक गाडी , बस र माईक्रो बस विस्तारै गुड्ने भएकाले सडकको दुवै तर्फको बायाँ लेन प्रयोग गर्नेछन् । साथै, निजी तथा साना सवारी साधनले सडकको दुवै तर्फको दायाँ लेन प्रयोग गर्नुपर्ने महाशाखा प्रमुख पन्तले जानकारी दिनुभयो । मालबाहक बाहेकका अन्य सवारी साधन प्रति घण्टा ६० किलो मिटर गतिमा गुड्नुपर्नेछ ।

     

    प्रकाशित:श्रावण १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्