कीर्तिमानधारी धावक बोल्टले फुटवल लिग खेल्ने

    श्रावण १, २०७५

    - कीर्तिमानधारी धावक उसेन बोल्टले फुटवल लिग खेल्ने भएका छन् । ८ पटकका ओलम्पिक च्याम्पियन बोल्टले अष्ट्रेलियाको सेन्ट्रल कोष्ट मरिनबाट ए डिभिजन लिग फुटवल प्रतियोगिता खेल्ने भएका हुन् । ३१ वर्षिय बोल्टको सहभागीता पुष्टि गर्दै क्लबले आगामी सिजनबाट लिग खेल्ने गरी अनुवन्धलाई अन्तिम रुप दिने तयारी भईरहेको बताएको छ ।

    बोल्टले जर्मनी, नर्वे र साउथ अफ्रिकाका विभिन्न क्लबमा फुटबलको प्रशिक्षण लिएका छन् । १ सय र दुई सय मिटर दौडका कीर्तिमानी बोल्टले गत वर्ष एथ्लेटिक्सबाट सन्यास लिएका हुन् । चार महिना देखि बोल्टलाई क्लब भित्राउने प्रयास सफल भैरहेको मरिनर्स क्लबका कार्यकारी प्रमुख सन मेलकाम्पले बताउनुभएको छ । 

     

    प्रकाशित:श्रावण १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्