मुटु रोग रोकथाममा ओमेगा थ्रीले कुनै भूमिका नखेल्ने प्रतिवेदन सार्वजनिक

    श्रावण २, २०७५

    - मुटु सम्बन्धी रोगको रोकथामका लागि माछाको तेल ओमेगा थ्रीले कुनै पनि योगदान नगर्ने एक अध्ययन प्रतिवेदनले जनाएको छ । बेलायती अध्ययन केन्द्र कोरेन रिसर्चले १ लाख मानिसमा गरेको अध्ययनमा मुटु सम्बन्धी रोगको रोकथाममा ओमेगा थ्रीको योगदान सम्बन्धि कुनै प्रमाण फेला नपरेको उल्लेख छ ।

    १ हजारमा १ जनाले मात्रै ओमेगा थ्रीबाट फाइदा लिन सक्ने भएकाले यसको नियमित सेवन अत्यावश्यक नरहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । यद्यपी, माछाको तेल खानुले पौष्टिक तत्वको काम गर्ने प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । ओमेगा थ्री भन्दा पनि माछा नै हप्तामा दुई पटक खान सके स्वास्थ्यका लागि उचित हुने सल्लाह चिकित्सकले दिएका छन् ।  

     

    प्रकाशित:श्रावण २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्