जिब्रोमुनि लुकाएर ल्याएको सुन सहित तीन भारतीय पक्राउ

काठमाडौं

    श्रावण २, २०७५

    त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले आधा किलो सुन सहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले फैजन खान, अदिल र सायद मोहम्मद खासिफलाई ५ सय ५९ ग्राम सुनसहित पक्राउ गरेको हो ।

    कोटको बटम आकारको २/२ थान सुन जिब्रोमुनी लुकाएको अवस्थामा फेला पारिएको विमानस्थलका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । भन्सार चेकिङबाट पास भइसकेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बरामद सुनको मुल्य २७ लाख ७ हजार रुपैयाँ छ ।

    उनीहरूले एयर अरबियाको Ïलाइटबाट यूएईको सारजाहबाट सो सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी मैनालीले बताउनुभयो । एक सय ग्राम तस्करी गर्दा ५० हजार रुपैयाँसम्म नाफा हुने भएकाले तस्करी गरेको बयान उनीहरुले दिएको विमानस्थल प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ३ जनालाई बरामत सुन सहित कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालयमा पठाइएको जनाइएको प्रहरीले जनाएको छ । हिजो मात्रै प्रहरीले विमानस्थलमा एक भारतीयलाई सुन सहित पक्राउ गरेको थियो । 

     

    प्रकाशित:श्रावण २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्