फिल्म सिटी गण्डकीमा सबैभन्दा उपयुक्त हुन्छ : प्रधानमन्त्री ओली

- दीपक परियार, पोखरा

    श्रावण ३, २०७५

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई उत्पादकत्व वृद्धि गरी निर्यात गर्ने हैसियतमा पुर्‍याउने बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले मुलुकमा भएका असाधारण तत्वलाई चिन्न नसकेको बताउनुभयो । उहाँले खनिज पदार्थ मिसिएको मिनरल वाटर नेपाल बाहेक अन्त नपाइने दाबी गर्नुभयो । 

    उद्यमी बन्न चाहनेले पानी मात्रै उठाएर बोटलिङ गरेर बेच्न सके मालामल हुने ओलीको भनाई थियो । 

    उहाँले गण्डकी प्रदेश हरेक क्षेत्रमा अथाह सम्भावना बोकेको क्षेत्र भएको चर्चा गर्दै  फिल्म सिटी पनि गण्डकीमा सबैभन्दा बढी उपयुक्त हुने विचार राख्नु भयो । फिल्म सिटीकै अध्ययनका लागि केही दिनमा भारतीय टोली आउन लागेको प्रधानमन्त्री ओलीको भनाई थियो । 

    यसअघि प्रधानमन्त्री ओलीले निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुभएको थियो । विमानस्थल निर्माणमा खटिएका चिनियाँ अधिकारीसँगको भेटमा उहाँले काम सन्तोषजनक नै भएको अभिव्यक्ति दिन्भयो । रन वे विस्तार गर्ने, ह्याङगरलाई आवश्यक जमिन  थप्ने, अग्ला डाँडा काट्नुपर्ने जति काट्ने लगायत आवश्यक काम गर्न प्रधानमन्त्रीको निर्देशन थियो ।

    आजै प्रधानमन्त्री पोखरा विश्वविद्यालयको १९ औं साधारणसभामा पनि सहभागी हुनुभयो ।  

     

    प्रकाशित:श्रावण ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्