साताको अन्तिम दिन पनि नेप्से घट्यो

काठमाडौं

    श्रावण ३, २०७५

    साताको अन्तिम दिन पनि नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीहरुको सेयर कारोबार मापक नेप्से परिसुचक घटेको छ । लगातार ओरालो लागेको नेप्से परिसुचक ५ दशमलव ३८ अंकले घटेर १ हजार १ सय ९३ दशमलव ३९ अंकमा पुगेको हो ।

    नेप्से घटेपनि कारोबार रकम हिजोको तुलनामा ३९ करोड रुपैयाँले बढेको छ । कारोबार भएका मध्ये होटल र उत्पादन बाहेक अन्य १० समुहको उपसुचक ओरालो लागेको छ । आज १ सय ६२ कम्पनीका ३ हजार ७ सय ७२ कारोबारबाट ५६ करोड १२ लाख ८१ हजार रुपैयाँ बराबरका १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर किनबेच भएको  नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सको ३० करोड बढिको सेयर खरिद विक्री भएको छ । 

     

    प्रकाशित:श्रावण ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्