एशियन फुटबलमा पुन: समुह विभाजन गरिने

काठमाडौं

    श्रावण ३, २०७५

    आगामी महिना हुने एशियन खेलकुदमा सहभागी हुने २४ वर्ष मुनिको पुरुष फुटबल प्रतियोगितामा पुन: समूह विभाजन गरिने भएको छ । एशियन खेलमा सिरिया र प्यालेष्टाइन पनि सहभागि हुने भएपछि पुन: समुह विभाजन गरिन लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि सार्वजनिक गरिएको तालिकामा नेपाल, जापानसँगै भियतनाम र पाकिस्तान रहेको समूह डी मा परेको थियो । 

    एशियन खेलकुद अघि नेपाली टोलीले अगष्ट १ देखी ४ सम्म थाईल्याण्डमा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल कस्तो टोलीसँग खेल्ने भन्ने विषयमा भने समुह विभाजन पछीमात्र टुङगो लाग्ने प्रवक्ता राईले बताउनुभयो । 

    यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले सिनियर टोलीका ३ खेलाडीलाई समावेश गर्दै २० सदस्यीय टोलीको घोषणा गरिसकेको छ । प्रतियोगिता अगष्ट १४ देखि सेक्टेम्बर १ सम्म जाकार्ता र पेलेम्वाङमा हुनेछ ।  

     

    प्रकाशित:श्रावण ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्