किसानको पसिना राजमार्ज र खोल्सामा

- लक्ष्मी गौतम, पाँचथर

    श्रावण ४, २०७५

    गोलभेडाको पकेट क्षेत्रका रुपमा स्थापित पाँचथरको हिलिहाङ र याङवरक गााउ पालिकाका किसानले उत्पादन गरेका कृषि उपज बिक्री नभएको भन्दै सडक र खोल्सामा फ्याँकेर आन्दोलन शुरु गरेका छन् ।झापा हुादै पानी ट्याङकी नाका भएर सिलिगुडीसहित भारतका विभिन्न बजारमा निर्यात हुने गोलभेडा  सहितका कृषि उपज निकासीमा भारतले लगाएको प्रतिबन्ध हटाउन सरकारी तहवाट पहल नभएको भन्दै यहााका किसान आन्दोलित भएका हुन् ।

    हिलिहाङ गााउपालिका–१ को भालुचोक,मुकुवुङ,याङवरकको सुनारघुम्ती,गणेशचोक र हिलिहाङ चोकमा क्यारेट,डोको र डालोमा गोलभेडा ल्याएर फ्याँक्दै आन्दोलनको घोषणा गरेका हुन् ।

    फिदिम र ताप्लेजुङलाई जोड्ने मेची राजमार्ग र आसपासका खोल्सामा एकैसाथ सयौँ किसाले गोलभेडा मिल्काउँदै आन्दोलनको नेतृत्व गरेका हिलिहाङ १ का किसानदेवी कार्कीले कृषि उपज लाखौँका कृषि उपज निकासी नहुँदा  सडेर जान लाग्दासम्म सरकारले कुटनैतिक पहल नगरेकाले सांकेतिक विरोध गरिएको बताए ।

    पहिलो चरणमा गोलभेँडा फालेर शुरु गरिएको आन्दोलन एकसाताभित्र माग पूरा नभए चक्काजाम र आम हड्तालमा परिणत हुने उनको दावी थियो । निर्यात ठप्प भएको महिनादिन बित्न लाग्दा पनि निकासी सहज बनाउने स्थानीय प्रदेश र संघीय सरकारले पहल नगरेको हुँदा  आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको अर्का किसानको गुनासो छ ।

    विगतमा भारत सहित नेपालकै तराईका जिल्लावाट माग बढ्नुका साथै राम्रो मुल्य पाएपछि जिल्लाको याङवरक र हिलिहाङ गााउ पालिकाका किसानले धान,कोदो र मकै छोडेर तरकारी खेतीतर्फ आकर्षित भएका थिए ।‘विगत वर्षहरुमा यहाा उत्पादित गोलभेडा न्युनत्तम २० देखि अधिकत्तम ६० रुपैयाँ प्रतिकिलो सम्ममा बिक्री भएको थियो । अहिले एक रुपैयाँ प्रतिकिलोमा पनि बिक्री भएको छैन, आफ्नो परिश्रमको कुरा त परै जावोस मल र बीउको मुल्य पनि नउक्सिने भयो ।’ किसान मन्दिरा योङहाङले भनिन् ।

    गोलभेडासहित तरकारी खेती गर्न  किसानले बैंक र वित्तिय सस्थावाट ऋण समेत लिएका छन् । असार तेस्रो सातादेखि बिक्री हुन छाडेका कृषि उपजको निकासी खुल्ला नहुने हो भने किसानको थाप्लामा ऋणको बोझ थपिने सम्भावना बढेको अगुवा किसान भीम वाग्लेको चिन्ता थियो ।

    असार दोस्रो सातासम्म पानीट्यांकी नाका भएर भारत निर्यात हुने गोलभेडा भारतले नेपालबाट आयात गर्ने सामाग्रीको सूचीमा नरहेको भन्दै भारतले भन्सारबाटै फर्काइदिएको थियो ।

    त्यसपछि निकासी ठप्प हुँदा किसानले लगाएको करोडौँ मुल्यको गोलभेँडा र कषि उपज कुहिएर नष्ट भइसक्दासम्म निकासीका लागि किन पहल भएको छैन । पाँचथरको हिलिहाङ गोलभेडासहित तरकारी बालीको पकेट क्षेत्रका रुपमा स्थापित छन् । जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्यांकअनुसार गतवर्ष यी दुईवटा गाउँपालिकावाट मात्रै तीन करोड २८ लाख रुपैयाँ बराबरको गोलभेडा निर्यात भएको थियो । यो वर्ष भने गोलभेँडाको मुख्य सिजनमै बिक्री नहुँदा जिल्लामा भित्रिने रकममा पनि प्रभाव पर्ने पक्का छ ।

     

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्