माग सम्बोधन नभए आज पनि अवरोध गर्ने कांग्रेसको तयारी

हेटौँडा

    श्रावण ४, २०७५

    - प्रदेश ३ प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रमुख विपक्षी कांग्रेसको अवरोधपछि हिजोको लागि बोलाइएको बैठक आज बैठक विहान ११ बजेका लागि बोलाइएको छ । आफ्ना मागहरु सम्बोधन नभए आज पनि अवरोध गर्ने कांग्रेसको भनाई छ ।  

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशको मर्म विपरित चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावितलाई वेवास्ता भएको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवा लगाइएको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग विरोधमा हिजो  कांग्रेसले  प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो ।

    अवरोध लगत्तै सभामुख सानुकुमार श्रेष्ठले बैठक आजका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो । दुई सातापछि हिजो बसेको प्रदेश सभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश हुने कार्यसूची थियो । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका आर्थिक विधेयक, विनियोजन विधेयक र कर तथा गैर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सभालाई जानकारी गराउने कार्यसूची थियो ।

    यसैबीच, आजको कार्यसूची तय गर्नको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । 

     

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्