ट्रम्पद्वारा रुसी समकक्षी पुटिनलाई अमेरिका भ्रमणको निम्तो

काठमाडौं

    श्रावण ४, २०७५

    - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएको ह्वाईट हाउसले पुष्टि गरेको छ । ह्वाईट हाउस प्रवक्ता सारा स्यान्डर्सले भ्रमणको तयारीका लागि छलफल भइरहेको बताउनुभएको हो ।

    यसअघि पुटिनले अमेरिकी नागरिकसँग सवाल गर्ने अनुमतिको प्रस्ताव ट्रम्पले अस्वीकार गर्नुभएको थियो । फिनल्याण्डमा गत सोमबार दुई नेताबीच भएको सम्मेलनका केही जानकारी अहिले मात्रै सार्वजनिक गरिँदैछ । ट्रम्प र पुटिनबीचको दोश्रो भेट ह्वाईट हाउसमा गर्नेबारे रुसको भनाई सार्वजनिक गरिएको छैन ।

    सम्मेलनका क्रममा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आफुलाई विश्वास नभएको ट्रम्पको टिप्पणीका कारण चर्काे आलोचना सहनुपरेको थियो । पुटिनसँगको एक्लै बैठकमा भएको छलफलबारे कुनै पनि जानकारी सार्वजनिक नगरिएकाले ट्रम्पलाई कुनै पनि मुलुकका नेतासँग एक्लै वार्ता गर्न दिन नहुने भन्दै प्रतिपक्षि डेमोक्रेटले आलोचना गरिरहेका छन् । ट्रम्प निर्वाचन अघि देखि नै रुस पक्षधर मानिएका छन् । 

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्