अग्रज पत्रकार खनालको निधन

- पर्वत पोर्तेल , झापा

    श्रावण ४, २०७५

    - झापाका अग्रज पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको निधन भएको छ । हिजो दिउँसो जिपको ठक्करबाट घाइते भएका उहाँको उपचारका क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका २ रामचोकमा साइकलमा यात्रारत उहाँलाई मेची पहाडी जिल्लाहरुमा चल्ने मे १ ज ६५८ नम्बरको जिपले ठक्कर दिएको थियो ।

    घटना भएलगत्तै आफन्त र स्थानीयले बिर्तासिटी अस्पताल पुर्‍याइएकोमा त्यहाँ आवश्यक उपकरण नभएकोले उपचार हुन नसक्ने चिकित्सकले जानकारी गराएपछि बी एण्ड सी अस्पताल पुर्‍याइएको खनालका आफन्त तीर्थ सिग्देलले जानकारी दिनुभयो । टाउकामा गम्भीर चोट लागेका उहाँको शल्यक्रिया गरिए पनि रक्तश्राव नरोकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 

    वि. सं. २००४ साल पुष २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं. ९, सामथाङमा जन्मिएका खनाल पत्रकारिता र साहित्य साधक हुनुहुन्थ्यो । उहाँका एक श्रीमती र दुई छोरा छन् ।

     

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्