प्रदेश ३ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

- नगेन्द्र अधिकारी, हेटौंडा

    श्रावण ४, २०७५

    - केन्द्रमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयमा सत्तारुढ र प्रतिपक्षी दलवीच विवाद चुलिएका बेला सोही विधेयकलाई लिएर प्रदेश ३ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले आफुहरुका माग सम्वोधन नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने अडान लिएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको हो ।

    कांग्रेसको अडानपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना प्रकाशन गरेको छ । प्रदेश ३ को प्रदेश सभा बैठक आज विहान ११ बजेका लागि बोलाइएको थियो ।

    शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले ल्याएको अध्यादेशको मर्म विपरित चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडितलाई बेवास्ता गरेको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवामा लगाइएको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरेको विरोधमा कांग्रेसले प्रदेश सभा बैठक हिजो पनि अवरुद्ध गरेको थियो । 

     

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्