प्रदेश ५ का ६ जिल्लामा सिकलसेल प्रयोगशाला स्थापना हुँदै

- अमृता अनमोल, रुपन्देही

    श्रावण ४, २०७५

    - प्रदेश ५ का तराईका ६ वटै जिल्लाका थारु समुदायमा हुने सिकलसेल एनिमियाको उपचारका लागि प्रयोगशाला स्थापना हुने भएको छ । दाङ, बाके र बर्दिया हुदै सिकलसेल एनिमियाका बिरामी अन्य जिल्लामा समेत बढेपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले उपचारका लागि प्रयोगशाला स्थापना गर्न अध्ययन थालेको हो ।

    हाल भेरी अञ्चल अस्पताल बाँके र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मात्रै सिकलसेलको प्रयोगशाला छ । मन्त्री सुदर्शन बरालले थारु समुदाय बढी भएकाले सम्भावित संक्रमण रोक्न सञ्चालित प्रयोगशाला व्यवस्थित गर्ने र नभएका जिल्लामा सिकलसेल प्रयोगशाला स्थापना गर्ने तयारी भएको बताउनुभयो । मन्त्रालयले स्वास्थ्य महाशाखाका कविराज निरीक्षक गणेश भट्टराईको संयोजकत्वमा टोली खटाएको छ ।

    टोलीले थारुको बाहुल्यता रहेका बर्दिया, दाङ, कपिलवस्तु र परासी पश्चिममा सम्भाव्यता अध्ययन गरी प्रयोगशाला स्थापना गर्न सुझाव दिएको छ । चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । ‘सिकल’ भनेको हासियाको आकार र ‘सेल’ भनेको रक्तकोषिका हो । रगतको कोषिकामा हुने जिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ । नेपालका त थारू समुदायमा मात्रै देखिएका सिकलसेल भएमा सबैभन्दा पहिले रक्त अल्पता हुन्छ ।   

     

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्