भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्तावमाथि बहस सुरु

    श्रावण ४, २०७५

    - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको अविश्वास प्रस्तावमाथि लोकसभामा बहस जारी छ । सभामुख सुमित्रा महाजनले अविश्वासको प्रस्ताव स्वीकार गरेसँगै आजबाट बहस सुरु भएको हो । स्थानीय समयअनुसार आजै ६ बजे अविश्वासको प्रस्तावमाथि मतदान हुने बीबीसीले जनाएको छ । 

    तेलुगु देशम पार्टीले सरकार विरुद्ध दर्ता गरेको अविस्वासको प्रस्तावलाई प्रमुख विपक्षी कंग्रेस आईका केही नेताले समेत समर्थन गरेका छन् । यद्यपी, विपक्षी कंग्रेस आईकी पूर्व अध्यक्ष सोनिया गान्धीले आफुहरुसँग प्रस्तावको पक्षमा पर्याप्त मत रहेको दाबी गर्नुभएको छ ।

    लोकसभामा ५ सय ३४ कुल सदस्यमध्ये सत्तारुढ भाजपाको २ सय ७३ र गठबन्धन दलको ४८ गरि ३ सय ११ सासंद छन् । जबकी बहुमतका लागि २ सय ६८ मतको आवश्यकता छ । जुन भारतीय जनता पार्टी एक्लैसँग छ । 

     

    प्रकाशित:श्रावण ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्