मोदी विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत

    श्रावण ५, २०७५

    - भारतमा नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा १ सय २६ मत र विपक्षमा ३ सय २५ मत खसेको थियो । ५ सय ३४ सासंद रहेको भारतीय लोकसभामा बहुमतका लागि २ सय ६८ मतको आवश्यकता भएपनि सरकारको पक्षमा ३ सय २५ मत खसेको हो ।

    सत्तारुद्ध भाजपा एक्लैको २ सय ७४ सांसद रहेकाले विपक्षीले विना कुनै उद्देश्य अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्री मोदीले बताउनुभएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । ११ घण्टा लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । 

    सन् २०१९ को लोकसभा निर्वाचन अघि एनडिए गठबन्धन सरकारले सदनमा बहुमत प्रदर्शन गर्दै विपक्षी भन्दा बलियो रहेको प्रमाणित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तेलगु देशम पार्टीका नेता जयदेव गल्लाले पेश गरेको प्रस्तावलाई आम आदमी पार्टी, कंग्रेस आई , समाजवादी पार्टी , तृणमुल कंग्रेस लगायता पार्टीले समर्थन गरेका थिए ।  

     

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्