गाजामा दोहारो भीडन्त जारी

काठमाडौं

    श्रावण ५, २०७५

    - ईजरेल र प्यालेष्टाईनबीचको सीमा क्षेत्र गाजामा दोहारो भिडन्त जारी छ । ईजरेली सेनाको मृत्युपछि पछिल्लो भीडन्त सुरु भएको हो । भीडन्तका क्रममा ३ हमास विद्रोही र एक सर्वसाधारणको मृत्यु भएको छ । भिडन्तका क्रममा १५ हमास विद्रोहीको सैन्य केन्द्रमा आक्रमण गरेको ईजरेली सेनाले पुष्टि गरेको छ । यद्यपी, युद्धविराम गरेको प्यालेष्टाईन पक्षले दाबी गरेपनि ईजरेलले आफ्नो अडान स्पष्ट पारेको छैन । 

    ईजरेलले प्यालेस्टाईन विरुद्ध सन् २०१४ यताको सबैभन्दा ठुलो कारवाही गरेको दाबी गरेको छ । दुईमुलुकबीचको भिडन्तका क्रममा  २ सय रकेट र केही मोर्टार आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । जेरुसेलममा अमेरिकी दुतावासको उद्घाटनका बेला १७ साताअघि सुरु भएको प्यालेष्टाईन पक्षको आन्दोलनका क्रममा १ सय ३० जना मृत्यु भएको छ भने १५ हजार नागरिक इजरायली कारबाहीमा क्रममा घाईते भएका छन् । 

     

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्