ठेकेदारको लापरबाहीका कारण सवस्टेशन निर्माण अलपत्र

- नारायण शर्मा , पूर्वी नवलपरासी

    श्रावण ५, २०७५

    ठेकेदारको लापरबाहीका कारण पूर्वी नवलपरासीको बोझा पोखरीमा रहेको विद्युत सवस्टेशन निर्माण कार्य अलपत्र परेको छ । आगामी असोज भित्र सवस्टेशन निर्माण सम्पन्न हुनुपर्नेमा ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र परेको हो । ठेकेदारको लापरबाही र नेपाल विद्युत प्राधिकरणको बेवास्ताका कारण सवस्टेशन निर्माणले गति लिन सकेको छैन ।

    १२ करोड लागतमा निर्माण हुन लागेको सो सवस्टेशनको ३ वर्षको अवधिमा जग्गा सम्याउने र पर्खाल लगाउने काम मात्र भएको छ । भारतीय एटु–जेड ईन्स्रा इन्जिनियरिङ्ग कम्पनीले सवस्टेशन निर्माणको जिम्मा पाएको थियो । नेपाली सब कन्ट्रयाक्टर त्रिपुरेश्वर कण्डक्डर र जयदुर्गे इन्जिनियरिङ्ग रहेपनि ती कम्पनीको लापरबाहीका कारण सवस्टेशन निर्माणको काम रोकिएको हो । 

    विद्युत प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख विश्वरञ्जन मिश्रले पटक पटक ताकेता गर्दापनि ठेकेदारले काम नथाल्दा समस्या भएको बताउनुभयो । ठेकेदार कम्पनीले भने, सवस्टेशन सम्म प्राधिकरणले नै विद्युत सेवा उपलब्ध नभएका कारण काम रोकिएको बताएका छन् ।

    मुख्य प्रशारण लाइनबाट निर्माणाधिन सवस्टेशन सम्म विद्युत लैजाने कामको जिम्मेवारी पाएको प्राधिरणको बुटवल क्षेत्रीय कार्यालयले पनि लाईन तान्ने काम थालेको छैन । 

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्