प्रहरी हस्तक्षेप विरुद्ध कांग्रेसको विरोध

काठमाडौं

    श्रावण ५, २०७५

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तरण दलको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । तरुण दलको जुलुसमा प्रहरीले गरेको हस्तक्षपको कांग्रेसले भत्र्सना गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा संसद बैठक ८ दिनपछि सार्ने र सडक प्रदर्शनमा पनि दमन गर्ने सरकारको नियत समस्या समाधान गर्नेतर्फ नभएको भन्दै भत्र्सना गरेको छ ।

    ‘कांग्रेस नेतृत्वको सरकारले जारी गरेको चिकित्सा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौं’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई हुबहु विधेयकको रुपमा ल्याउनु नै डा. केसीको मागको समाधान हो ।’

    डा. केसीको जीवन रक्षा र माग सम्बोधन गर्ने विषयमा सरकार गैर जिम्मेवार भएको कांग्रेसले जनाएको छ । ‘चिकित्सा विधेयक, चर्को मूल्यबृद्धि, संविधानको कार्यन्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा आन्दोलन जारी छ’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रवैया यस्तै रहे अधिनायकवाद उन्मुख सरकारका विरुद्ध अझै प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नुपर्नेछ ।’ 

     

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्